आइतबार, २२ असार २०८२

रौतहटमा बस दुर्घटना : १० जना घाइते

 रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बा।प्र।०१–००६ ख। ५२१६ नम्वरका यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकभन्दा दक्षिण साईडमा ७ फिट भित्र दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

घाइते हुनेमा तीन जना नेपालका तथा सात जना भारत बिहारको रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले  दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो  ।

घाइतेहरुको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको  तथा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार रहेको हुँदा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस