आइतबार, २९ असार २०८२

अछाममा बिहानै भूकम्पको धक्का

काठमाडौं :अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस