बाजुरा : बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले नयाँ पुस्तालाई परम्पारगत सीपसंग जोड्न अपरिहार्य रहेको बताएका छन् । मार्तडीमा आयोजित उद्यमशीलता तालिमको समापन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् ।
विद्यार्थीहरुले पठनपाठन संगसंगै व्यवहारिक ज्ञानलाई जीवनमा लागू गर्नका लागि उद्यमशीलता तालिम प्रदान गरिएको बताएका छन् । परम्परागत पेशा व्यवसायहरु लोप भईरहेको बेला त्यसको संरक्षण प्रवद्र्धन तथा नयाँ पुस्ता जोड्ने आफुहरुको चेतका साथ तालिम आयोजना गरिएको बताएका हुन् ।
तालिममा सहभागी विद्यार्थीहरुले जिज्ञासु स्वभावले सिकेको प्रति धन्यवाद दिदैं आगामी दिनमा परियोजना नै निर्माण गर्ने गरी पहल जारी रहेको उल्लेख गरेका छन् । नगर सरकारले भोलीको जनशक्ति कस्तो बनाउने भन्ने उद्देश्यका साथ स्वदेशी उत्पादनमा आफुहरुको ध्यान गम्भीर रुपमा गएकोमा जोड दिएका छन् ।
तालिमले विद्यार्थीहरुमा व्यवहारिक ज्ञान मात्र प्रदान नभई व्यवसाय समेत सञ्चालन गरेर आत्मनिर्भर बन्छु भन्ने इच्छा शक्तिको विकास हुने विश्वास लिएका छन् । स्थानीय स्तरमा रहेको कच्चा पदार्थ प्रशोधन गरी परम्परागत सीपको जगेर्ना गर्ने गरी आफुहरु तल्लीन रहेकोले रणनीति बनाएर लाग्ने खड्काको भनाई रहेको छ ।
तालिमले नयाँ नेपाल निर्माणको लागि सहयोग गर्ने र विद्यार्थीहरुमा व्यवसायीक चेतको विकास हुने खड्काले विश्वास गरेका छन् । स्थानीय पाठ्यक्रमलाई व्यवहारमा उतारेर सांस्कृतिक परम्परालाई जोड्न खोजेको नगर प्रमुख खड्को भनाई रहेको छ ।
दुर्गम बाजुरालाई विश्व विद्यालयसंग जोड्ने र विद्यार्थीले पढाईसंगै प्राविधिक ज्ञान सिक्नका लागि तालिम प्रभावकारी हुनेमा जोड दिएका छन् । बलियो र वर्षौंसम्म टिकाउ हुने राडीपाखी र अल्लोका कपडा भन्दा आधुनिक नयाँ फेन्सी सामान सर्वसाधरणको रोजाइमा पर्ने भएकाले व्यवसाय लोप हुन थालेकोले यसलाई आधुनीकिकरणतिर लैजादा बजारीकरणमा समेत टेवा पुग्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिका–८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले तालिममा सिकेका कुराहरु व्यवहार उतार्न आग्रह गरेका छन् । तालिम लिएर व्यवहारमा लागू नगर्ने गरिएको युवा पुस्ताले पाईने गरेकोले जीवनमा सबै कुराको ज्ञान प्राप्त गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।
तर पछिल्लो समय भौगोलिक रूपमा विकट ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्री अहिले लोप हुन थालेको नेपाल भोटेजनजाति सेवा संघका उपाध्यक्ष बलवीरसिंह गुरुङ्गले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस