आइतबार, २९ असार २०८२

तीन जना चढेको डोजर कर्णाली नदीमा फस्यो, अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु एक घाइते

धनगढी  : कर्णाली नदीमा डोजर फसेको छ । विकास निर्माणको कार्यका लागि जुम्लाबाट आएर हुम्ला जाने क्रममा हिमाली गाउँपालिका–४ झुगलामा रहेको कर्णाली नदीमा डोजर फसेको छ । 

पत्रकार नारायणदत्त उपाध्यायका अनुसार ५ घण्टादेखि चालक सहीत तीन जना चढेको डोजर बीच कर्णाली नदीमा फसेको छ । प्रत्यक्ष स्थलमै रहेका पत्रकार उपाध्याय हाल उद्दार जारी रहेको बताए । यता बाजुरा छ । भने उता मुगु खत्याड गाउँपालिका रहेको छ । बीचमा कर्णाली नदी छ । डोजर हुम्ला लिन लागिएको थियो । 

डोजर कर्णाली नदीमा खसेको तर पूर्ण रुपमा नडुबेको अवस्थामा रहेकोले तीनै जनाको अवस्था सामान्य रहेको छ । धुलाचौर प्रहरी चौकीबाट उद्दारका लागि टोली खटिएको छ । भने हिमाली गाउँपालिकाले र्याफ्टीगको प्रयोग गरेर उद्दार कार्य जारी राखेको छ । 

अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु एक घाइते 

अछाममा ढुङ्गा निकाल्ने क्रममा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खानी माथि पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । साथै उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका छन् ।

ढुङ्गा निकाल्ने क्रममा आइतबार दिउसो २ बजे एक्कासि माथि बाट पहिरो खस्दा काकाको घटनास्थलमा नै मृत्यु भएको थियो भने भतिजा गम्भीर घाइते भएका थिए । घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागी बयालपाटा अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस